नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोटका लागि ५ जना सर्टलिस्टमा
२१ साउन, काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका छन् । नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा पाँच जना उम्मेदवारलाई प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो ।

छनोट भएका उम्मेदवारहरुमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् । समितिले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता साउन २५ र २६ गते अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : August 6, 2026 at 3:56 pm



