२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

२१ साउन, काठमाडौं । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार बिहान करिब साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बा २ ख ३५९० नम्बरको बस दुर्घटना भएको हो।

dainiki.com

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : August 6, 2026 at 11:24 am