१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना

१९ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अस्पताल भर्ना भएका छन् । पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बेहोस भएर ढलेका थिए ।

हिजाे भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।

प्रकाशित मिति : August 4, 2026 at 6:09 pm