४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

स्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशक पदका लागि १० जना सर्टलिस्टमा

१९ साउन, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि १० जना आवेदकको नाम सर्टलिस्ट गरिएको छ। सर्टलिस्टमा  पर्नेहरूमा  उत्तमकुमार कोइराला, गंगप्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. राजेन्द्रकुमार पोख्रेल, डा. होमनाथ गैरे, पारस अधिकारी, बिमला भट्ट, बुद्धकाजी श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन्।

बोर्डले सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई साउन २५ गते बिहान ८:३० देखि साँझ ६:३० बजेसम्म कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको छ। त्यसैगरी, उनीहरूको अन्तर्वार्ता साउन २६ गते सोही समयमा (बिहान ८:३० देखि साँझ ६:३० बजेसम्म) सञ्चालन हुनेछ। प्रस्तुतीकरण र अन्तर्वार्ता काठमाडौंको कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा हुनेछ।

प्रकाशित मिति : August 4, 2026 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/