४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

ब्रड पीक हिमपहिरोमा ज्यान गुमाएकाप्रति सरकारको श्रद्धाञ्जली

१७ साउन,  काठमाडौं । पाकिस्तानमा रहेको विश्वको १२औं अग्लो हिमाल ब्रड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूप्रति श्रद्धाञ्जलली अर्पण गरेको जनाएको छ।

मन्त्रालयले उक्त दुर्घटनाले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ । विज्ञप्तिमा नेपाली आरोहीहरू संलग्न टोली सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय, स्थानीय उद्धार संयन्त्र तथा नेपाली पर्वतारोही टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको जनाइएको छ ।

प्रकाशित मिति : August 2, 2026 at 3:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/