१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

बुढानीलकण्ठमा गोली चल्यो, एक जना पक्राउ

१७ साउन, काठमाडौं । बुढानीलकण्ठ गोली चलेकाे छ । सिक्री लुटपाट गरी भाग्दै गरेका युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। गएराति बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा सिक्री लुटेर भाग्दै गरेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीले तीन राउन्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दान बहादुर थापाका अनुसार हवाई फाइर गरी पक्राउ गर्न खोज्दा तामाङले प्रहरीमाथि नै खुकुरी प्रहारको प्रयास गरेका थिए। त्यसपछि उनको घुँडामुनी प्रहरीले गोली प्रहार गरेको थियो। पक्राउ परेका तामाङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : August 2, 2026 at 11:16 am