१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

शेयर बजारमा सुधार, नेप्से परिसूचक ७.४१ बिन्दुले बढ्यो

१३ फागुन, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५९ बिन्दुले बढेर २३५.७८ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको सात लाख २० हजार ८४५ कित्ता शेयर रु २० करोड ३८ लाख ३९ हजार ८६४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ०.६५ बिन्दुले घट्दा बैंकिङ ४.०७, होटल १.५२, विकास बैंक २.२७, जलविद्युत् ५.१३, निर्जीवन बीमा ७२.१७, उत्पादन २०.३७, अन्य १०.५८, लघुवित्त १०.५१, जीवन बीमा ६०.०२ बिन्दुले बढेको छ ।

बढेको बजारमा आँखुखोला जलविद्युत् कम्पनीका शेयरधनीले ६.४९ प्रतिशत कमाएका छन् । यस्तै पु्रडेन्सियल इस्योरेन्स कम्पनी ५.८६, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.७७ प्रतिशत कमाएका छन् । यस्तै सहयोगी विकास बैंकका शेयरधनीले ८.८८ प्रतिशत, ग्लोबल आइएमइ समुन्नति स्किम एक ५.६२, नेशनल हाइड्रोपावर कम्पनी ३.२२, मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा आज नबिल बैंकको रु दुई करोड ५० लाख ७१ हजार २६९, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ४० लाख १२ हजार ६४३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड रु ७८ लाख ८६ हजार ५४२, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु ६८ लाख ६८ हजार ८८३ मूल्यमा खरीद बिक्री भएका छन् ।

प्रकाशित मिति : February 25, 2019 at 6:28 pm