१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

१५ साउन, काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो ।

कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढाइने जनाएको छ।

dainiki.com

यसैबीच, कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : July 31, 2026 at 11:55 am