१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरू

१४ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ। बिहीबार  प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको हो।

बैठकमा पछिल्लो समयमा सुनसरी लगायत जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।

प्रकाशित मिति : July 30, 2026 at 12:20 pm