२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

बिचौलियासँग मिलेर खराब कार्यसम्पादन गर्ने विशेष अदालतका ३ न्यायाधीशकाे दुर्गममा सरुवा 

१३ फागुन, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बिचौलियासँग मिलेर खराब कार्यसम्पादन गरेकाे आरोप लागेका विशेष अदालतका ३ न्यायाधीशलाई दुर्गममा सरुवा गरेका छन् ।

न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेको, मुद्दाका पक्षसँग सम्पर्कमा रहेको जस्ता उजुरीका आधारमा प्रधानन्यायाधीश राणाले ३ जनालाई सरुवा गरेका हुन् । विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल र रत्नबहादुर बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ । यस्तै नारायण पोखरेललाई राजविराज पठाइएको छ ।

‘भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतका न्यायाधीशलाई जुम्ला पठाउनु कारवाहीसरह भएकाे बताइएकाे छ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकालमा उनीहरू विषेश अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : 15:25