१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सभामुखले गरे प्रधानमन्त्रीदेखि सचेतकहरूसम्म छलफल

१३ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहदेखि प्रतिपक्षी दलका नेताहरू र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। सभामुख अर्यालले प्रधानमन्त्री शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

साथै अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि भेटवार्ता गरेका थिए। सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए ।

भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : July 29, 2026 at 5:15 pm