पार्टी सभापतिले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार हाेइन : नेता काेइराला
१३ फागुन, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताएका छन् ।
साेमबार नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै कोइरालाले पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लागेमा केही गर्न नसक्ने बताए ।

विधान मस्यौदा लगायतका विषय अनुमोदनका लागि आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले शेखर कोइरालाको विषमया वीरगंजको कार्यक्रममा बोलेको विषयमा गगन थापाले प्रश्न गरेपछि त्यसको जवाफ दिएका थिए ।
देउवाले जवाफमा आफूले शेखर कोइरालालाई पटक–पटक पार्टीभित्रको विषयमा बाहिर नबोल्न आग्रह गर्दा पनि नमानेको बताएका थिए । शेखरलाई मेरै घरमा बोलाएर तपाईं जस्तो व्यक्तिले बाहिर मिडियामा विवादित कुरा नगर्न आग्रह समेत गरेको देउवाले बताए ।
प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १४:५७












