१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

१३ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । भट्टराईलाई मंगलबार बेलुकीदेखि स्वास्थ्यमा समस्या देखिएको थियो। वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको उनकी छोरी मानुषी यमी भट्टराईको भनाइ छ।

छोरीकाअनुसार चिकित्सकहरूले उनमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएका छन् । अहिले डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : July 29, 2026 at 10:35 am