प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
१२ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् ।

उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारहरूले प्रवक्ता जयसवाललाई यसबारे प्रश्न गरेका थिए। जवाफमा उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी दिएका हुन्।
प्रकाशित मिति : July 28, 2026 at 6:12 pm



