२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कोरिया पठाईदिन्छु भन्दै ठगी गरेर फरार रहेका भीमप्रसाद दाहाल पक्राउ

१३ फागुन, काठमाडौं  । वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी भीमप्रसाद दाहाललाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय दाहाल पक्राउ परेका हुन् ।

वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजतपत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाई प्राप्त गरेको रकम फिर्ता नगरी ठगी गरेका थिए ।

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ पुस ३० गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएकोमा भिमप्रसाद उक्त सजाय वेरुजु रही भागी फरार रहेका थिए ।

 

प्रकाशित मिति : 12:54