गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छुः देउवा
१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीका कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताएका छन्। श्रेष्ठको उपचारका क्रममा आज दिउँसो निधन भएको थियो। उनी क्यान्सरबाट पीडित थिए।
‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु,’ देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निभाएको अग्रणी भूमिका सधैं स्मरणीय रहने देउवाको भनाइ छ।
प्रकाशित मिति : July 28, 2026 at 5:07 pm



