८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सांसदलाई स्वकीय राख्न दिने निर्णयविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

११ साउन,  काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। स्वकीय सचिव राख्न दिने निर्णयलाई बदर माग गरिएको रिटमा सोमबार न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

dainiki.com

अधिवक्ता डा.प्रेमराज सिलवालले दायर गरेको रिटमा सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरुपयोग हुने र संविधानको मर्म प्रतिकूल रहेको दाबी गरिएको छ । रिटमा सरकारको निर्णय र सोसम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गरेका थिए । सर्वोच्चले विपक्षीको नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ।

 

प्रकाशित मिति : July 27, 2026 at 2:15 pm