सुनसरीमा मध्यरातमा झडप, एकको मृत्यु, २२ जना घाइते
११ साउन, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’ यात्राका लागि डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच मध्यरातमा झडप हुँदा एक जनको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन ।

आइतबार राति भएको उक्त झडपमा परी प्रदर्शनकारी र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : July 27, 2026 at 7:18 am



