सोनाक्षी सिन्हाले दिइन् धोका प्रमोदले विष खाएर आत्महत्याकाे कोसिस गरे, पाँचविरुद्ध मुद्दा
१२ फागुन, भारत । भारतको बलिउड नायिका सोनाक्षी सिन्हाले ३७ लाख भारु लिएर धोका दिएको आरोपमा मुद्दा दर्ता भएकाे छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभै धाेका दिएकाे भन्दै साेनाक्षीसहित पाँचजनाविरुद्ध मुद्दा दर्ता भएकाे हाे ।
आयोजक प्रमोद शर्माले पुलिसलाई यसबारे उजुरी दिए पनि आरोपीविरुद्ध कुनै कारवाही भएन । प्रमोदले दुःखी हँदै फेब्रुअरी १३ मा विष खाएर आत्महत्या गर्ने कोसिस गरे । अनुसन्धानपछि अभिनेत्री सोनाक्षी, ट्यालेन्ट फूल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाइयो । एजेन्सी
प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ०९:५६