१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

शेखर कोइरालालाई मेरो धेरै विरोध नगर्न आग्रह गर्दै हात जोडेँ तर पनि मानेन्ः शेरबहादुर देउवा

१२ फागुन, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो धेरै विरोध नगर्न हातै जोड्दा पनि शेखर कोइरालाले नमानेको गुनासो गरेको छन । आइतबार पार्टी मुख्यालयमा भएको केन्द्रीय समिति बैठकमा नेताहरूको आरोप त्यारोपको बारेमा नेता गगन थापाले चासो राखेपछि सभापति शेरबहादुर देउवाले आफूले धेरै विरोध नगर्न हातै जोड्दा पनि शेखर कोइरालाले आलोचना गरेको गुनासो गरे ।

उनले गगनको प्रश्नको जवाफ दिँदै मैले नै गाली नखाएपछि नबोलेर के गर्ने भन्दै प्रतिप्रश्न समेत गरे । देउवाले गत बुधबार पर्सामा आयोजित एक कार्यक्रममा कांग्रेस कोइराला परिवारको पेवा हो र शेखर कोइरालाले जथाभाबी बोल्दै हिँड्ने रु भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि देउवाको अभिव्यक्तिलाई लिएर पार्टी नेताहरूले आलोचना गरेका थिए ।

यो पनि पढ्नुहोस्

–देउवाको प्रश्नः कांग्रेस कोइराला परिवारको पेवा हो ? शेखर जथाभाबी बोल्दै हिँड्ने ?

प्रकाशित मिति : February 24, 2019 at 8:54 pm