६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

६ साउन, चितवन । भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ ।

कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताए । सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ ।

dainiki.com

यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा छ कपिलवस्तुमा १७, कास्कीमा सात, स्याङ्जामा चार, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः एक/एक जना कैदी स्थानान्तरण भएका छन् ।

हाल महिला ४०, र पुरुष ६७७ गरी कुल ७१७ कैदीबन्दी रहेका छन् । सो कारागारमा महिला ३० र पुरुष ४७५ गरी कुल ५०५ व्यक्ति अट्ने रहेको छ । क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा बस्ने ठाउँको अभाव र सरसफाइमा कठिनाइ बन्छ ।

प्रकाशित मिति : July 22, 2026 at 12:31 pm