५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

४ साउन, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा निशा सुनार मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । पोस्टमार्टमका लागि उनकाे शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : July 20, 2026 at 2:11 pm