३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

३ साउन, काठमाडौं । आइतबार अपरान्हदेखि सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा समस्या देखिएको छ। ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो ।

प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’ मेटाको यसबारे औपचारिक जानकारी भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : July 19, 2026 at 2:35 pm