सुन धितोमा ५० लाखसम्म कर्जा दिने सिद्धार्थ बैंकको ‘सिद्धार्थ गोल्ड लोन’ योजना
३ साउन, काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट कर्जा लिन सक्नेछन्।
बैंकका अनुसार यस योजनामा अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ।

बैंकले यस सुविधाले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका आर्थिक आवश्यकता पूरा गर्न ग्राहकलाई सहज हुने विश्वास व्यक्त गरेको छ। छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवा हालका लागि काठमाडौंको न्युरोड गेट शाखाबाट मात्र उपलब्ध हुनेछ। बैंकले योजनाबारे थप जानकारीका लागि २४सै घण्टा सञ्चालनमा रहने आफ्नो ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।
प्रकाशित मिति : July 19, 2026 at 12:35 pm





