२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

पहिरोले ६ राजमार्ग अवरुद्ध

२  साउन, काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : July 18, 2026 at 6:19 pm