पूर्व प्रधानमन्त्री देउवाले भेट्दै छन् प्रधानमन्त्री ओलीलाई, यस्ताे छ कारण
१२ फागुन, काठमाडौं । आइतबार १० बुँदे माग पूरा गर्न नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न पुगेका छन् । कमिसन वृद्धि लगायतका माग पूरा नगरे बिक्री ठप्प पार्ने चेतावनी दिएका ग्यास उद्योगीले देउवासंगकाे भेटमा समस्या समाधानका लागि आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्काल समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको संघका सचिव श्याम बुढाथोकीले जानकारी दिएका छन् ।
संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेतारवितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

प्रकाशित मिति : 13:08









