सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे आदेश
३१ असार, काठमाडौं। सर्वोच्च अदालतले सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्काल पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण बुझाउने सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।
पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायापालिकाको मूल्यमान्यता र मर्यादा विपरीत हुने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
प्रकाशित मिति : July 15, 2026 at 5:38 pm





