३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने

३१ असार, काठमाडौं । काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । उनले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताइन् ।

मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिइन्।

प्रकाशित मिति : July 15, 2026 at 4:25 pm