प्रतिनिधिसभामा तीन आयोगका प्रतिवेदन पेस
३१ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगलगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/०८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/०८२ पेस गरेकी हुन् ।
प्रकाशित मिति : July 15, 2026 at 4:10 pm





