एनसेल टावरमा आक्रमण हुँदा विदेशी लगानीकर्ता तर्सिएः सभापति साह
१२ फागुन, बुटवल । लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा विदेशी लगानी कर्ता नेपालमा लगानी गर्न तर्सीएकाे सार्वजनिक लेखा समितिका सभापति भरत कुमार साहले बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति साहले एनसेलका टावरहरुमा बिष्फोट गरिनुले लगानीकर्ता त्रसित भएको बताए । उनले यस्ता गतिविधिले बहुराष्ट्रिय कम्पनी त्रासित वन्ने र नेपालमा लगानी भित्रन नसक्ने बताएका हुन् । एनसेलका कम्पनीलाई लाभकर तिराउन राज्य कुनै पनि हाललमा चुक्न नहुने साहले बताएका छन् ।
प्रकाशित मिति : 11:38







