२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

अमेरिकामा कोमल ओलीले गाइन् बाल गीत

१२ फागुन, काठमाडाैँ । नेपालकी लोकप्रिय लोक गायिका तथा राष्ट्रसभा सदस्य सांसद कोमल ओलीले अमेरिकामा जन्मेका बालबालिकलाई आफ्नो बाल गीत सुनाएकी छिन् । अमेरिकाको भ्रमणमा रहेकी ओलीले बालबालिकलाई आफ्नो बाल गीत सुनाएकी हुन् ।  अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलस्थित नेपाली पाठशाला सेन्टरभिलले ओलीलाई निमन्त्रणा गरेको थियो ।

नेपाली पाठशाला अफ भर्जिनियाकी सञ्चालक विना खड्का लामा, पाठशालाका प्रधानाचार्य विष्णु खरेल, सञ्चालक चन्द्र लामालगायत अभिभावकहरुले ओलीलाई अमेरिका आउन निम्तो गरेका थिए ।

विद्यार्थीहरुसँगको भेटमा ओलीले नेपालको शिक्षा पद्धतिको चर्चा गर्दै गृहकार्य नगरे विद्यालय जान विद्यार्थी नमान्ने कुराको चर्चा गरिन् ।पाठशालाका प्रधानाचार्य विष्णु खरेलले  नेपालको पाठ्यक्रम अनुसार अध्यापन गराउने बताएका थिए ।

ओलीले बालबालिकालाई आफ्ना बुवा हजुर आमालाई कसरी आदर र सत्कार गर्ने विषय सिकाएकी थिइन् । अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की९विद्या वारिधि ०ले नेपाली भाषा पढ्न र लेख्न सिकेकामा भएकोमा बिद्यार्थीहरुलाई सबैलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : 11:22