नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
३० असार, काठमाडौं। सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेत हुने गरी नियुक्त गरेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने गरी कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : July 14, 2026 at 5:45 pm





