३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्षले लिए शपथ

३० असार, काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पुण्य प्रसाद पराजुलीलाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

यसैगरी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आजै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम केसीलाई पद तथा गोपनीयताको शपथ गराराइन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।

प्रकाशित मिति : July 14, 2026 at 5:09 pm