नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र शिखर इन्स्योरेन्सका सिईओलाई मातृशोक
३० असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ ।
मंगलबार बिहान ९१ वर्षको उमेरमा आमा इन्दिरा पाण्डेको मृत्यृ भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् र काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको निधन भएको हाे ।
प्रकाशित मिति : July 14, 2026 at 12:41 pm





