पार्टीका नेताहरु अराजक भएकाेमा खबरदारी गर्न नेविसंघले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै
१२ फागुन, काठमाडौं । पार्टीका नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विरोध प्रदर्शन गर्दैछ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्नु अगाडि खबरदारी गर्न प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनको नेतृत्व नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले गर्दैछन् । नेविसंघको नेतृत्वमा दाबीसमेत गर्दै आएका शाहले भने, ‘कांग्रेसमा आत्मीयतासहितको एकता र आत्मअनुशासन सहितको सहकार्य आवश्यक भएकाे र अाफुले त्यसको लागि अभियान पनि चलाउँदै आएको बताएका छन् । त्यही अभियानकालागि आज मौन प्रदर्शन गर्ने बताएका छन् ।
मौन प्रदर्शनमा पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कार्वाही गरौं जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन पनि गर्ने तयारी भएकाे शाहले बताएका छन्। ११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ
प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार ०९:१५












