सीएमआरका निर्देशकको सिफारिसमा सिएमआरकै प्रशिक्षक श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त
२९ असार, काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्ययक्षमा सेन्टर फर मिडिया रिसर्च (सिएमआर)का प्रशिक्षक उमेश श्रेष्ठ नियुक्त भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थिङ्क ट्याङ्कका रूपमा लामो समयदेखि सहयोग गर्दै आएका श्रेष्ठ काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन ।
काउन्सिलको अध्यक्ष नियुक्त गर्न सिफारिस गर्ने गरी सञ्चार मन्त्रालयको सचिव लक्ष्मीकुमारी बस्नेत, सहसचिव सुवासचन्द्र शिवाकोटी र सिएमआरकै निर्देशक कृष्णप्रसाद (उज्जल) आचार्य विज्ञ रहेको सिफारिस समिति सञ्चार मन्त्री डा विक्रम तिमल्सिनाले गठन गरेका थिए । रास्वपा सभापति लामिछानेको इच्छा अनुसार नै उमेशलाई अध्यक्षमा नियुक्त गर्न उनकै इच्छामा एकै संस्थामा कार्यरत आचार्यलाई विज्ञ बनाइएको थियो ।
आचार्य र श्रेष्ठ दुबै सिएमआरको केन्द्रीय सदस्य समेत हुन । उनीहरू दुबै सिएमआरको कर्मचारी समेत हुन । उमेश नेपाल फ्याक्टचेक डट ओरजीको सम्पादक हुन भने आचार्य जर्नालिज्म एकेडेमीको प्रबन्ध निर्देशक हुन । सिएमआरका एउटा कर्मचारीलाई अध्यक्षमा नियुक्ति दिन सोही संस्थाको अर्को कर्मचारी विज्ञ बनाएर सिफारिस समितिमा राख्नुले स्वार्थको द्धन्द्ध देखिएको छ ।
काउन्सिलको विज्ञापन भएर छोटो सूची प्रकाशित हुनुअघि नै आचार्य र श्रेष्ठ दुबै युरोप समेत घुमेर आएका थिए । श्रेष्ठ अध्यक्षमा दरखास्त हाले लगत्तै सिफारिस समितिका विज्ञ सदस्य आचार्यसँग नेपालबाहिर निस्किएका थिए । सञ्चार मन्त्रालय स्रोतका अनुसार उनी दुबैको विदेश भ्रमणका कारण छोटो सूची प्रकाशनमा समेत ढिलाइ भएको थियो । विज्ञापन र खुला प्रतिस्पर्धाको विषय बाहिर सार्वजनिक गरिए पनि सिफारिस समिति गठन गर्दादेखि नै अध्यक्षमा श्रेष्ठलाई नै ल्याउनका लागि योजना बनाइएको विषयमा सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

नियुक्तिमा विवाद हुने डरले आचार्य र श्रेष्ठले जर्मन घुम्दा फेसबुकमा राखेको सँगै भएको तस्बिर केही घण्टामै हटाएका थिए । श्रेष्ठले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा ‘हु किल्ड निर्मला’को नाममा गरेको रिपोर्टिङमा समेत विभिन्न प्रश्नहरू उठेका थिए । उमेशले निर्मलाको नाममा स्टोरीको सिरिज सकेपछि पहिलोपोस्ट छाडेको घोषणा गरेको थिए भने केही महिनापछि उक्त अनलाइन नै बन्द भएको थियो ।
आचार्य र श्रेष्ठको समूहले जर्मनीको इन्टरलिंक एकेडेमीको सहयोगमा जर्नलिज्म डट एकेडेमीको नाममा सञ्चार शिक्षालयको गैरकानुनी अभ्यास गरिरहेको छ । उक्त एकेडेमीको शुभारम्भमा नेपालका लागि जर्मनीका तत्कालीन राजदूत डा थोमस प्रिन्सले नेपाली पत्रकारिताबारे निकै विवादित र आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उक्त विवादित अभियक्तिबारेको समाचार यो लिंकमा हेर्न सक्नुहुन्छ ।
नेपाली पत्रकारिताबारे जर्मन राजदूत प्रिन्सको आपत्तिजनक अभिव्यक्ति, किन चुप छ महासंघ ?


प्रकाशित मिति : July 13, 2026 at 6:21 pm





