२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका सुरेन्द्र पक्राउ

२९ असार, काठमाडौं । इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल रहेका छन् ।

पीडित महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई दु:ख हैरानी, मानसिक तनाब दिने कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : July 13, 2026 at 5:25 pm