९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको छ। थापाको घरअगाडि सोमबार बिहानदेखि एउटा कार पार्क गरिएपछि स्थानीय आवतजावत प्रभावित भएको छ।

उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् । स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर चालक फर्किएको बताए पनि प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ ।

यसअघि सोमबार बिहानैदेखि यसैगरी अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यसैगरी शंकास्पद गाडी पार्किङ गरिएका थिए ।

प्रकाशित मिति : July 13, 2026 at 4:18 pm