बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ
२५ असार, काठमाडौं । बालमन्दिरको सम्पत्ति हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

उनका अनुसार ठगी सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तीन जनाको नाम भने उनले खुलाएनन्। उनका अनुसार बालमन्दिरको जग्गा छानबिन गर्ने क्रममा बनेको उच्चस्तरीय आयोग २०७७ को प्रतिवेदन कार्यान्वयन सिलसिलामा केही व्यक्तिलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : July 9, 2026 at 12:06 pm





