देउवाका छोरा जयवीरलाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र
२३ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ । सोमबार विभागका अधिकारीहरूले बुढानिलकण्ठ नगरपालिका-२ स्थित भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरिएको हो।

पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ । ‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक ७ दिन भित्र यस विभागको कार्यालय हरिहरभवन ललितपुर कर्मचारी संञ्चय कोषको भवनको ब्ल्क बीमा कार्यालय समय भित्र हाजिर हुन आउनु हुन यो सूचना/म्याद जारी गरिएको छ। नआए कानून बमोजिम हुनेछ,’ पत्रमा लेखिएको छ।
विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।

प्रकाशित मिति : July 7, 2026 at 9:25 am





