अपाङ्गता भएकी युवती माथि सामूहिक बलात्कार, बलात्कारमा संलग्न भीम र भरत मुखिया पक्राउ
११ फागुन, सप्तरी । बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ ।

ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
प्रकाशित मिति : 16:38









