२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

काठमाडौँकाे मच्छेगाउँमा राँगोको आक्रमणमाबाट मर्निङवाकमा हिँडेका मानबीर महर्जनको मृत्यु

११ फागुन, काठमाडौँ । काठमाडाैँकाे मच्छेगाउँमा राँगोको आक्रमणमाबाट १ जनाको मृत्यु भएको छ । शनिबार बिहान मर्निङवाकमा हिँडेका स्थानीय ७० वर्षीय मानबीर महर्जनको राँगोको आक्रमणबाट मृत्यु भएको हाे । राँगोलाई प्रहरीले गोली हानेर मारेको छ ।

राँगोकाे आक्रमणमा गम्भीर घाइते महर्जनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने खुलेको छैन ।

 

 

प्रकाशित मिति : 09:29