इन्टरनेट नचल्दा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकियो
१८ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरूद्ध भएको छ। इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण हाल अवरुद्ध रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक र स्वास्थ्य विज्ञन प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची छ।
प्रकाशित मिति : July 2, 2026 at 12:40 pm









