जब महेश बस्नेतले कान्तिपुरका सम्पादकलाई कांग्रेसकाे झण्डा बाेकिरहेकाे भेटे (भिडियाेसहित)
१० फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले ७८ लाख घुस खाएर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगबाट राजिनामा दिएका राजनारायण पाठक र कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले कांग्रेसकाे झण्डा बाेकेर आफ्नाविरुद्धमा लागेकाे सम्झना गरेका छन । बुधबारकाे संसद बैठकमा नेकपा सांसद बस्नेतले वाग्लेले चुनावको समयमा कांग्रेसको झण्डा बोकी आफ्नो विरुद्धमा भोट मागी हिडेको बताए ।

बस्नेतले प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले देशमा भ्रष्टाचारको स्वर्ण पदक दिलाउन सफल भएको बताए । उनले कांग्रेसका पूर्वमन्त्रीहरु चिरञ्जीवि वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता, खुमबहादुर खड्का लगायतका नेताहरुलाई कांग्रेसले भ्रष्टाचारको स्वर्णपदक दिलाएको बताए ।
उनले भ्रष्टाचारको जालो बोकेर बसेको कांग्रेसले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउने कुरा भ्रष्टाचार लुकाउने घृणित प्रयास गरेको बताए । सांसद बस्नेतले अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख रुपौया भ्रष्टाचार तथा घुस लिएको जसको मध्यस्तता कांग्रेसकै सांसद सूर्यबहादुर केसीले गरेकाे समेत बताए।
प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार २०:२४












