कृषि अनुसन्धान परिषद्ले हटायो दुई कर्मचारी
१६ असार, काठमाडाैं । नेपाल कृषि अनुसन्धान परिषद्ले दुई कर्मचारीलाई हटाएको छ। लामो समयदेखि कार्यालयमा उपस्थित नभएको भन्दै परिषद्ले दुई कर्मचारीलाई हटाएको हाे ।
परिषद्को सामान्य प्रशासन महाशाखाले सूचना जारी गर्दै कर्मचारी प्रशासन विनियमावली, २०८२ को विनियम ९५(१) छ बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो।

कृषि अनुसन्धान निर्देशनालय, कोशी प्रदेश, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराईलाई हटाइएकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : June 30, 2026 at 11:42 am









