२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

स्वास्थ्यमा समस्या आएपछि निर्मलाका बुबा-आमाले स्थगित गरे ३ महिनादेखिकाे धर्ना

१० फागुन, कञ्चनपुर । शुक्रबार निर्मला पन्तका बुबा-आमाले ३ महिनादेखिकाे धर्ना धर्ना स्थगित गरेका छन् । आफ्नी छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्दै आएका निर्मलाको बुबा-आमाले स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गरेका हुन् ।

धर्नामा बस्दा स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडाैँ जानुपर्ने भएकाले धर्नाको कार्यक्रमलाई स्थगित गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । धर्नालाई स्थगित गरे पनि आन्दोलनका अन्य कार्यक्रम भने जारी रहेको पन्तले बताए ।

परिवारले  निर्मलाको हत्यारालाई पत्ता लगाउन तथा दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रकाशित मिति : 17:38