राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमाणीकरण
१० फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् । शुक्रबार उक्त विधेयक प्रमाणीकरण भएको हो राष्ट्रपति कार्यालयले जनाएकाे छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै चिकित्सा शिक्षा विधेयक अब ऐन बनेको छ ।

त्यस्तै, राष्ट्रपति भण्डारीले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति कार्यालयले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको जनाएको छ ।
प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १६:००












