नेपालमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालकाे दर्ता गर्नैपर्छ : मन्त्री बास्कोटा
१० फागुन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल दर्ता गर्नैपर्ने बताएका छन् ।

सरकारले हालै संसदमा दर्ता गरेको सूचनाप्रविधि सम्बन्धी विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको र नेपालमा पनि यो व्यवस्था गर्न लागेको बताए ।
मन्त्री बास्कोटाले कसैप्रति पूर्वाग्रह साँध्नका लागि नभै नेपालकाे सामाजिक सुव्यबस्था कायम गराउन उक्त विधेयक ल्याउन लागिएकाे बताए । सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत रुपमा दर्ता गर्ने नभई सामाजिक सञ्जाल सञ्चालक दर्ता हुने व्यवस्था गरिएको पनि मन्त्री बास्कोटाले स्पष्ट पारे ।
प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १५:३९












