२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

क्लब डेजाबुका सञ्चालक प्रतीक श्रेष्ठसहित तीन जना ठगी अभियाेगमा पक्राउ

१० फागुन, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गकाे डेजाबु क्लबका सञ्चालकलाई ठगीको आरोपमा गएराति क्लबबाटै पक्राउ गरको छ । क्लबका सञ्चालक प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दार सहित ३ जनालाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनका अनुसार पक्राउ पर्ने अन्यमा समीप शिल्पकार र प्रवेश श्रेष्ठ रहेका छन ।

सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नदिई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ । प्रहरीले उक्त क्लबका सञ्चालकरूलाई चेक बाउन्स र ठगीको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकालाई छुटाउन बिचौलियाहरू राजनीतिक नेतृत्वसँग लबिङ सुरु गरेका छन ।

प्रहरीले उनीहरू विरुद्ध थप अनुसन्धानका लागि केहीबेरमै जिल्ला प्रशासन कार्यालय काठमाडौँ लैजाँदैछ । पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा छन । महानगरीय अपराध महाशाखा टेकुले प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दारलाई जबरजस्ती असुली, काठमाडौंमा गुण्डागर्दीको अभियोगमा मोष्ट वान्टेड सूचीमा राखेको छ ।

प्रकाशित मिति : 11:20