विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश
११ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी भएको छ। बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत सोमबार सुर्खेतबाट पक्राउ गरी उनलाई काठमाडौं ल्याएको थियो । उनलाई पक्राउ गर्नुपर्ने पर्याप्त कानुनी आधार नभएको भन्दै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग रिट निवेदनमा उल्लेख छ । पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : June 25, 2026 at 1:48 pm









